Type Here to Get Search Results !

{ads}

Byans Khabar Ads

ब्याँस गाउँपालिका कृषि विकास शाखाको आर्थिक सहयोगमा र श्री जनभावना साना किसान कृषि सहकारी संस्था लि को आयोजनामा उत्पादन गरिएको आलु


ब्याँस गाउँपालिका कृषि विकास शाखाको आर्थिक सहयोगमा र श्री जनभावना साना किसान कृषि सहकारी संस्था लि को आयोजनामा उत्पादन गरिएको आलु


जनक सिंह धामी- दार्चुला जिल्ला भौगोलिक हिसाबले अत्यन्तै विकट रहेको छ त्यसमाथि व्याँस गाउपालिका भनेको सबै भन्दा पर को त्रिदेशीय सिमाना जोडिएको गाउपालिका हो। नेपालमा त्रिदेशीय सिमाना भएका दुई ओटा मात्र गाउपालिका छ त्यस मध्ये को एक हो व्याँस गा.पा., धेरै उचाइमा रहेको हुदा यता अन्न हरु त्यति मात्रा मा त पाइदैन र जति भयो त्यो तिन महिना भन्दा बढी पुग्दैन । तर पछिल्ला समयमा कृषि बिकास को सहयोगमा गाउघरमा विभिन्न कार्यक्रमहरु हुदै गरेका छन्। उचाइको कारण चिसो बढी हुने र त्यसकै कारण यता आलु खेति राम्रो हुने भएकाले सबैको ध्यान यता तिर गएको हो तर भौगोलिक विकटताको कारण उप्जनी भएको कुरा पनि बजार सम्म पुगाउन नसकिने अवस्था आएपछि किसानहरु मर्का मा परेका छन। किसानहरु भन्छन "कर्मको फल पाइन्छ भन्छन तर हामीले त पाउने जस्तो छैनौ।"

व्याँस गाउँ पालिकालाइ सदरमुकाम खलंगा सम्म जोड्ने भनेको टिंकर सडक खण्डले हो तर बिडम्बना अहिले दशकौ बित्दा पनि सडक संचालन भएको छैन। कच्ची सडक त पुगेको तर त्यो नि बेला बखतमा पहिरोले सबै उड्ने भएकाले सबै दुखि छन्। ब्याँस गाउँपालिका कृषि विकास शाखाको आर्थिक सहयोगमा र श्री जनभावना साना किसान कृषि सहकारी संस्था लि को आयोजनामा उत्पादन गरिएको आलु गाउँ मै थन्क्याएर राख्नु परेको छ। नेपाल कृषि प्रधान देश हो भन्छन् जहाँ सबैभन्दा बढी बजेट कृषि क्षेत्रमा छुट्याइएको हुन्छ । न सडक छ न कोल्ड स्टोर नै ?

ब्याँस ३ सिनामा ६० क्युन्टल आलु त्यतिकै थन्किएर सडिरहेको छ, २० क्युन्टल जति आलु आधाबाटोमा नै छ, बाकि आलु खेतबारीमा नै कुहिरहेको छ। अनि कसरि किसानहरु ले आशा राखेर काम गर्न सक्छन ?




 

Top Post Ad

Byans Khabar Ads

Hollywood Movies

Byans Khabar Ads