Type Here to Get Search Results !

{ads}

Byans Khabar Ads

तिङ्कर नाका सन्चालनका लागि सङ्घीय सरकारसित समन्वय गरि दिन आग्रह गर्दै ब्यास गाउपालिका

 

तिङ्कर नाका सन्चालनका लागि सङ्घीय  सरकारसित समन्वय गरि दिन आग्रह गर्दै ब्यास गाउपालिका !

दार्चुलामा रहेको व्याँस गाउँपालिका का अध्यक्ष-मंगल सिंह धामी, उपाध्यक्ष-बिनोद सिंह कुवर र वार्ड नं १ का जनताहरु फेरि एक पटक तिङ्कर नाका संचालन गर्नका लागि संघीय सरकारसित समन्वय गरि दिन आग्रह गर्नको लागि जिल्ला प्रशासन कार्यालय खलङ्गा, दार्चुला मा पुगेका छन् । के यसपाली संघीय सरकारले जनताको आवाज सुनिदेला त ? जनताहरुलाई समय समयमा झुटा आश्वासन मात्र दिने भएकाले जनताहरु भन्छन , "आशा त गर्ने पर्यो जस्तो भए पनि आफ्नै सरकार हो तर भरोशा भने गरिदैन ।"    
व्याँस बासीहरु बर्षौ देखि यसैको प्रतिक्षामा छन् कि कहिले नाका खुल्ला र कहिले हामीलाई सजिलो  होला तर  यो कार्य सरकारले पनि भोलि भोलि भन्दै झोली बनाई सकेको छ । टिंकर नाका दार्चुला जिल्लाको वार्ड नं १ मा पर्छ र यसलाई तिङ्कर भन्ज्याङ पनि भनिन्छ, यो नाकाले त्रिदेशीय सिमाना छोएको छ । हालको यहि अन्तिम बिन्दु पनि हो नेपालको लागि, कालापानी, लिपुलेक र लिम्पियाधुरा त केवल नक्शा मा मात्र सिमित भएको छ । त्यहा अहिले सम्म नेपाली सेना पुग्न सकेको छैन ।  धन्यवाद !! - जनक सिंह धामी




Top Post Ad

Byans Khabar Ads

Hollywood Movies

Byans Khabar Ads